२३ बैशाख २०८१, आईतवार
एमालेमै फर्किए बरूणनाथ योगी र पार्वती विसुन्के

  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८०, सोमबार ०६:५४

सुर्खेत –  नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्यद्वय वरूणनाथ योगी र पार्वती विसुन्के नेकपा एमालेमा फर्किएका छन् । नेकपा विभाजनसँगै निर्माण भएको नेकपा एकीकृत समाजवादीमा लागेका योगी र विसुन्केलाई एमाले कर्णाली ईन्चार्ज लेखराज भट्टले स्वागत गरेका हुन् ।  दैलेखको दुल्लुमा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी ) पार्टीका केन्द्रीय सदस्य योगी र केन्द्रीय सदस्य पुर्व माननीय पार्वती विसुन्केलाई एमालेमा समायोजन गरिएको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिए ।  उनकाअनुसार समाजवादी पार्टीका प्रदेश कमीटी, जिल्ला कमिटी, पालिका कमिटी तथा वार्ड कमिटीलगायत ११८ जना नेता कार्यकर्तालाई एमालेमा समायोजन गरिएको हो ।

Nabintech