२१ बैशाख २०८१, शुक्रबार
अवैध केराउ र चिनी गोदाममा छापा

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०८०, मंगलवार १३:०२

नवलपरासी : पश्चिम् नवलपरासीमा प्रहरीले लुकाई छिपाई गोदाम गरेर राखेको ठूलो परिमाणको अवैध केराउ र चिनी गोदाममा छापा मारेको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवाबाट भारतबाट भन्सार छली गरेर ल्याई लुकाई राखेको करिब ४० लाख मूल्य बराबरको केराउ र चिनी सशस्त्र प्रहरीले बरामद गरेको हो । सोमबार बेलुका करिब १ हजार ७ सय बोरा हरियो केराउ र १ सय ५७ बोरा चिनी सशस्त्रले बरामद गरेको हो ।

Nabintech