कोहलपुर : सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर सहित ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार झण्डै ३४ प्रतिशतले खोप लगाएका हुन् । ३१ जिल्लाले प्रतिबेदन बुझाएका छैनन् । हिमाली क्षेत्रका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन शुरु भएको छ ।
यो अभियान फागुन १३ गतेदेखी शुरु गरेको दादुरा–रुबेला खोप अभियान चैत ७ गतेसम्म चल्नेछ