२३ बैशाख २०८१, आईतवार
दादुरा–रुबेला खोप २० लाख बालबालिकाले लगाए

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८०, बिहीबार १७:४४

कोहलपुर :  सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

बाँकेको कोहलपुर सहित  ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार झण्डै ३४ प्रतिशतले खोप लगाएका हुन् । ३१ जिल्लाले प्रतिबेदन  बुझाएका छैनन् । हिमाली क्षेत्रका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन शुरु भएको छ ।

यो अभियान फागुन १३ गतेदेखी शुरु गरेको दादुरा–रुबेला खोप अभियान चैत ७ गतेसम्म चल्नेछ

Nabintech