२३ बैशाख २०८१, आईतवार
स्वर्गद्वारी गुठी जग्गाको विवरण सङ्कलन गरिँदै

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार ०८:१४

स्वर्गद्वारी गुठी जग्गाको विवरण सङ्कलन गरिँदै

तुलसीपुर:  स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीले जग्गाको विवरण सङ्कलन गर्न थालेको छ । किसानसँग पहिलो चरणको वार्ता गरेपछि वार्ता टोलीले जग्गाको विवरण सङ्कलन गर्न लागेको वार्ता टोलीका सदस्य एवं दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन

पुनले वार्ता टोलीले मालपोत कार्यालय, नापी कार्यालय र स्वर्गद्वारी आश्रमलाई जग्गाको विवरण उपलब्ध गराउन भनिएको बताइन । उनका अनुसार कार्यालय तथा स्वर्गद्वारी गुठीसँग भएको जग्गाको विवरण आएपछि त्यसको अध्ययन गरेर थप प्रक्रियामा जाने समितिको तयारीरहेको छ

Nabintech