२१ बैशाख २०८१, शुक्रबार
लुम्बिनी घुमफिर गर्न अब अनलाइन टिकट लिन सकिने

  • टाइम्स संवाददाता

  • ११ चैत्र २०८०, आईतवार १०:३६

रुपन्देही : गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाइएको छ । लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शनिबार शुभारम्भ गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुलाई दृष्टिगत गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधि विकासमा अनलाइनमार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “इटिकेटिङले सबै प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्छ । लुम्बिनी विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुलाई इटिकेटिङले आकर्षित गर्ने छ ।”

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्यासमेत वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Nabintech