२३ बैशाख २०८१, आईतवार
नेकपा एमाले बाँके अध्यक्षको लागी महिला नेतृत्वको चर्चा

  • टाइम्स संवाददाता

  • १८ चैत्र २०८०, आईतवार १७:४०

कोहलपुर  : नेकपा एमाले बाँकेको नबौ जिल्ला अधिबेशन जेठ २ र ३ गते नेपालगन्जमा हुने भएको छ । यसैको तयारीको लागी नेकपा एमालेले वडा र नगर अधिबेशनको तयारी तिब्ररुपमा अगाडी बढाएको छ ।
संगठित सदस्यहरुलाई नबिकरणको लागी पनि यतिबेला घरघरमा पुग्ने तयारीमा पाटी रहेको छ ।पछिल्लो समयमा नेता र कार्यकता बीचको दुरी बढेको निस्वार्थरुपमा पाटीमा लेबि तिरिरहेका कार्यकर्ताले बताएका छन ।
लामो समय सम्म पाटीमा कटिबद्ध भएर पाटीको हितको लागी काम गरे पनि पछिल्लो समयमा नेताको चाकडी गर्न नसक्नेहरु पाटीमा नलागे पनि हुने नाम नबताउने शर्तमा एक कार्यर्ताले बताएका छन । पाटी भित्र प्रदेश र सघमा चुनाब जितेका नेताहरुले पनि कार्यकर्ताहरुसगको दुरीलाई नजिक बनाउन सकेछैन । कतिपय नेताका स्वकीय सचिब अगुवा कार्यकतालाई समेत थाहा नभएको प्रक्रिया दिएका छन । नेताहरुले कार्यकताहरुलाई जागीर लगाइ दिनु पर्दछ भन्ने होइन र त्यसका लागी मात्र हामी पाटीमा लागेको पनि होइन भेट हुदा हेलो हाइ मात्र भने पुग्ने अगुवा कार्यकर्ताहरले प्रतिक्रिया दिए ।


आफना कार्यकताहरुको अबस्था कस्तो छ भन्ने सम्म पनि नेताले खोजी निती गर्न छोडेको प्रति अधिकाश कार्यकर्ता असन्तुष्टि देखिएका छन । नेकपा एमाले कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्माले पाटी भित्र जुन खालको उत्साह हो त्यो नभएको स्वीकार गरेका छन । कार्यकर्ता चलायमान बनाउनको लागी रणनैतिक योजना ल्याउने तयारीमा रहेको नेकपा एमाले कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्माले कोहलपुर टाइम्सलाइ बताएका छन । एक अर्को प्रसंगमा नगर देखि जिल्ला सम्म महिलाले नेतृत्व लिन सक्ने सक्षम महिला नेकपा एमाले बाँकेमा भएको उनको भनाइ रहेको छ ।

नेकपा एमाले बाँके अध्यक्षको लागी बर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, लुम्बिनी प्रदेश पुर्व मन्त्री आरती पौडेल,डिल्ली बिसी,निरक गुरुङ्ग र बिजया धिताल को नाम चर्चामा रहेको छ । यसपाली नेकपा एमाले बाँकेको नेतृत्व महिलाले लिनु पर्ने अनेमसघले पनि यो एजेन्डालाई अगाडी सारेको छ । महिलाहरुले नेतृव गरिरहेका भातृसगठनमा मात्र होइन किसान सघमा पनि महिला नेतृत्वको चर्चा हुन थालेको छ ।
महिलाहरुलाई एक चोटि नेतृत्व सुम्पेर पाटीलाई नमुना बनाउनु पर्ने आवाजहरु आइरहेका छन । महिला नेतृत्वको लागी लुम्बिनी प्रदेश पुर्व कृषि मन्त्री आरती पौडेलको नाम बढि चर्चामा रहेको छ । आफले बाँकेको नेतृत्व पाए पछि सक्षम भएको र पाटीलाई चलायमान बनाउनको लागी अब्बल भएको प्रतिक्रिया दिइन ।
नेताले सामाजिक सन्जाल प्रयोग गरेर आफनै कार्यकर्तालाई समेत असन्तुष्टि बनाउदै आएका छन । त्यस्ता नेता सच्चीन आबश्यक भएको एकाथरीको भनाइ छ ।

Nabintech