१७ बैशाख २०८१, सोमबार
पेट्रोलियम पदार्थ उत्खनन सामग्री दैलेख पुगेयो

  • टाइम्स संवाददाता

  • २० चैत्र २०८०, मंगलवार १३:५९

कोहलपुर  :  दैलेख पुर्‍याइएको छ । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट उपकरण ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठूला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेका छन् ।यसअघि नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम गरिएको थियो ।

Nabintech