२० बैशाख २०८१, बिहीबार
लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि पुनलाई

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०८०, आईतवार ०७:४५

लुम्बिनी : लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत पुरुषतर्फको उपाधि बाग्लुङका तीर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै दोस्रो भएका नेपाली सेनाका खड्कबहादुर खड्काले तीन लाख रुपैयाँ पाए । कर्णालीका दुर्गाबहादुर बुढाले तेस्रो भएर दुई लाख रुपैयाँ प्राप्त गरे । यस्तै महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

 

 

  तस्वीर:  रासस

२१ किलोमिटर एक सय मिटरको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गरेकी श्रेष्ठले दुई लाख रुपैयाँ प्राप्त गरीन । यस्तै दोस्रो भएकी नेपाली सेनाकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक लाख ६० हजार रुपैयाँ र तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले एक लाख २० हजार रुपैयाँ प्राप्त गरिन्

Nabintech