१७ बैशाख २०८१, सोमबार
टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०८०, आईतवार ०७:५२

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो ।

शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन् । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ । महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मार्फत यो कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यसबर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन गरेका छौँ । यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई करिब २८ करोड रुपैयाँ छ

Nabintech