२० बैशाख २०८१, बिहीबार
भरैयाको बाल शिक्षा माबिमा तेक्वन्डो प्रतियोगिता

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८१, शुक्रबार १३:१७

कोहलपुर  : बाँकेको कोहलपुर नगरपालिका वडा न १३मा रहेको बाल शिक्षा माध्यमिक बिद्यालयमा नया बिद्यार्थीहरुलाई भर्ना अभियानलाई सहयोग पुराउनको लागी तेक्वन्डो प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
कोहलपुर नगरपालिका वडा न १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले यस प्रतियोगिताले बिद्यार्थीहरुलाई खेल जगतमा लाग्नको लागी थप्प हौसला प्रदान हुने बताउदै वडा कार्यालयको तर्फबाट सधै समन्वयकारी भुमिका खेल्ने बताएका थिए ।

pic:msb

बिद्यालयका प्रअ टर्क बहादुर खत्रीले यो बिद्यालयमा हरेक क्रियाकलापहरु रचनात्मक हुने बताउदै सबै अभिभावकहरुले आफना बच्चा बच्चीहरुलाई बिद्यालयमा समयमै भर्ना गर्नको लागी आग्रह समेत गरेका छन । बिद्यालयले शैक्षिक गुणस्तर प्रदानको लागी लागी गरेको बिद्यालयका प्रअ टर्क बहादुर खत्रीले कोहलपुर टाइम्सलाई बताए।
कोहलपुर नगरपालिका वडा न १२ र १३ का डोजाङ बिच प्रतियोगिता आज र भोलि हुने प्रमुख जुरी गुरु बचन चौधरीले बताए । प्रतियोगितामा ५ वटा समुहको सहभागीता हुने आयोजक योङ स्टार क्लबले जनाएको छ ।

Nabintech