२१ बैशाख २०८१, शुक्रबार
राप्तीमा व्यावसायिक जलयात्रा

  • टाइम्स संवाददाता

  • ११ बैशाख २०८१, मंगलवार ११:०३

देउखुरी :  राप्ती नदीको पानीलाई पर्यटनसँग जोड्ने गरी व्यावसायिक रूपमा मोटर बोट सञ्चालन गरिएको छ ।  राप्तीलाई जलयात्रा व्यवसायीसँग जोड्ने योजना अनुसार गरिएको मोटर बोट सञ्चालन कार्य सफल भएको छ । राप्ती गाउँपालिका–१ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहले राप्ती नदीमा व्यावसायिक जलयात्राका लागि मोटर बोट सञ्चालनमा ल्याएको छ । करिब दस लाखको लागतमा मोटर बोट खरिद गरेर सञ्चालन गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो ।

केसीले भन्नुभयो, “राप्ती नदीमा जलयात्रा नियमित गर्न सकिन्छ, पर्यापर्यटनको माध्यमबाट स्थानीय समुदायको आर्थिक आयआर्जन वृद्धि गर्न मोटर बोट सञ्चालनमा ल्याएका हौँ ।” करिब दस वर्षअघि पनि राप्ती नदीमा मोटर बोट सञ्चालन गरिएको थियो । पुस माघ महिनामा पनि राप्ती नदीको पानीमा मोटर बोट सफल रूपमा सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रदेशको राजधानी क्षेत्र भएका कारण यहाँ आउने पर्यटकलाई आकर्षित गर्न मोटर बोट व्यावसायिक रूपमा सुरुवात गर्न खोजिएको हो ।

Nabintech