२४ बैशाख २०८१, सोमबार
व्यास नगरपालिकामा जेठ १ गतेदेखि प्लास्टिक झोला निषेध

  • टाइम्स संवाददाता

  • १२ बैशाख २०८१, बुधबार ०७:४१

तनहुँ  : तनहुँकाे व्यास नगरपालिकाले आउँदो जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ

नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरूपमा निषेध गरिएको हो । नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरेको मेयर वैकुण्ठ न्यौपानेले राससलाई जानकारी दिनुभयो ।सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले नगरवासीलाई आग्रह गर्नुभयो । व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्री/वितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गर्नुभयो ।

Nabintech