२३ बैशाख २०८१, आईतवार
अबैध भन्सार छलिको समान बरामद

  • टाइम्स संवाददाता

  • १२ बैशाख २०८१, बुधबार १४:२०

नेपालगन्ज  :  बाँकेको नेपालगन्जबाट प्रहरीले विभिन्न भन्सार छलिको सामान बरामद गरेको छ नेपालगन्ज १६ जयसपुर स्थित प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारत बाट भन्सार छलि,चोरी, पैठरी गरी ल्याई थुपारी राखेका विभिन्न अन्दाजी मूल्य रु.४,४६,८००।–(चारलाख छयालिस हजार आठ सय) बराबरको सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार, बच्चाको जुत्ता १६८ जोर अन्दाजी मुल्य रु.१,१७,६००, लेडिज मोजा २,००० जोर अन्दाजी मुल्य रु. १,००,०००, बच्चाको चप्पल ३२४ जोर अन्दाजी मुल्य रु.४८,६००, छालाको बेल्ड ४०२ पिस अन्दाजी मुल्य रु.१,२०,६००, पर्दा कपडा २०० मिटर अन्दाजी मुल्य रु.१०,००० र Refrigerant gas ५० पिस अन्दाजी मुल्य रु.५०,००० बरामद बरामद गरिएको छ। बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।

Nabintech