३१ बैशाख २०८१, सोमबार
बझाङमा एमाले उम्मेदवारलाई झन्डै दाेब्बर मतकाे अग्रता

  • टाइम्स संवाददाता

  • १६ बैशाख २०८१, आईतवार १६:४४

बझाङ : बझाङ प्रदेश सभा–१ (क) मा हिजाे भएको उपचुनावमा दुई वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झन्डै दाेब्बर मतले अग्रता लिइरहनुभएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ६ सय ९२ मतगणना हुँदा भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ८० मत प्राप्त गर्नुभएकाे छ ।

Nabintech