६ जेष्ठ २०८१, आईतवार
सर्वदलीय बैठक निष्कर्षविहीन,

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८१, मंगलवार १६:१६

काठमाण्डाै  : बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठकले निष्कर्ष निकाल्न नसकेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि प्रश्न उठेपछि र उजुरी नै दर्ता भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्ने विषय आफूहरूको ‘बटमलाइन’ भएको बताउनुभयो । तर कांग्रेसको यो अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू असहमत भएका छन् ।

Nabintech