१२ श्रावण २०८१, शनिबार
सिङ्गो गाउँ व्यवसायिक आलु खेतीमा

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८१, शनिबार ०७:५६

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्गको सिङ्गो गाउँ व्यवसायिक आलु खेतीमा लागेका छन् । उनीहरुले आलुखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । दिब्रुङ्ग लुग्दीका ३४ परिवारले सामुहिक रुपमा व्यावसायीक आलु खेती गर्दै आम्दानी गर्न थालेका हुन् । आलु पकेट बिकास कार्यक्रम अन्तर्गत एक सय ५० रोपनी क्षेत्रफलमा सामुहिक आलु खेती गरिएको छ ।

गाउँमै महिला तथा युवालाई स्वरोगार तथा उद्यमी बनाउले लक्ष्यका साथ उक्त स्थानमा विगत दुईबर्ष देखि आलु खेती गर्दै आएको वडाअध्यक्ष घनश्याम खरेलले जानकारी दिए । दिव्रुङ्ग लुग्दी गाउँमा गरिएको सामुहिक आलुखेतीबाट गत बर्ष ४० लाख रुपियाँ आम्दानी भएको छ । आलुले राम्रो उत्पादन दिएपछि यसको खेतीबाट गाउँका कृषक सन्तुष्ट रहेको सन्तुष्ट रहेका छन् भने यो बर्ष ५२ लाख वढीको आलु उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

Nabintech