१२ श्रावण २०८१, शनिबार
अन्तराष्ट्रिय जैविक विविधता दिबस मनाइयो

  • टाइम्स संवाददाता

  • ९ जेष्ठ २०८१, बुधबार १९:०४

कोहलपुर :अन्तराष्ट्रिय जैबिक विविधता दिबसको अवसरमा बाँकेको कोहलपुर नगरपालिका वडा न १२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको ब्यवस्थापन र युरोपियन यूनियन , आड्रा अस्ट्रिया र अस्ट्रियन डेमलपमेन्ट कोउप्रेसनको आर्थिक सहयोग सम्वर्धन परियोनको आयोजनामा जैबिक विविधता संरक्षण सम्बन्धी जनचेतनामुलक ्ययाली सहित वक्तित्वकला प्रतियोगीता आयोजना गरि अन्तराष्ट्रिय जैविक विविधता दिबस सम्पन्न भएको छ । सबैको सहभागीता दिगो जैविक बिविधता भन्ने मुल नारा रहेको थियो ।


कोहलपुर १२ मा रहेको नेपाल राष्ट्यि माध्यमिक बिद्यालयका बिद्यार्थी , शिक्षक, सामुदायिक वनका प्रतिनिधीहरु, सम्बर्धन परियोजनाका प्रतिनिधीहरुले खडकवार गाउपरिक्रमा गर्दै बेतहनीमा रहेको जैविक पार्कमा पुगेर रयाली सम्पन्न भएको सम्बर्धन परियोजनाका पैरवी अधिकृत जयन जोशीले जानकारी दिए । बिद्यार्थीहरुलाई जैविक पार्कको समेत अबलोकन गराई जैविक विविधताको जानकारी गराइयो ।
पछिल्लो समय वातावरणीय चक्रमा असर पर्दै गएको छ , जलबायु परिर्बतन अनुकुलनको लागी मानिसहरुको आनीबानीमा परिर्बतन गर्न सकेयो भने जैविक विविधता संरक्षण गर्न सकिने बिज्ञले बताउदै आएका छन ।
बिद्यार्थीहरुलाई जैविक विविधता सरक्षण सम्बन्धी जनाकारी दिदै बस्तीस्तरमा सचेतना जगाउनको लागी यस्ताखाले कार्यक्रम प्रभाकारी भएको आयोजकले जनाएको छ । मावन र बन्यजन्तु बिचको सहअस्त्वि कायम गर्दै जैविक विविधता संरक्षणमा बिद्यालयले सचेतना जगाउन थालेको नेपाल राष्ट्रिय माबिका शिक्षक दिल बहादुर ओलीले जाकारी दिए ।
जैविक विविधता सम्बन्धीको वक्तित्व कला प्रतियोगिमा प्रथम ,द्धितिय , तृतिय र सानत्वना हुनेलाई पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो ।


कार्यक्रममा सामुदायिक वन उपभोग्ता महासघ बाँके अध्यक्ष साबित्री पुनले यस्ता खाले कार्यक्रमले जैविक विविधता संरक्षणमा टेवा पुग्ने हुदा यस्ता खाले कार्यक्रम निरन्तर बिद्यार्थीहरुसंग हातेमालो गरेर सन्चालन गर्नु पर्ने बताइन ।
कार्यक्रममा कोहलपुर नगारपालिका खानेपानी वातावरण तथा सरसफाइ शाखाका प्रमुख , कोहलपुर नगरपालिका वडा न १३ का जनप्रतिनिधी , शिक्षक , बिद्यार्थी बिद्यालय ब्यवस्थापन समितीका प्रतिनिधी शिक्षक अभिभावक सघका प्रतिनिधी लगायत गरि १२० जना भन्दा बढिको सहभागीता रहेको थियो
आड्रा नेपाल , फेकोफन एनसाव नेपाल र बि ग्रुपको साझेदारीमा यो सम्बर्धन परियोजना सन्चालन भएको छ ।बाँके र बर्दियाका ४ पालिकामा यो परियोजना लागु भएको छ । बाकेको कोहलपुर र राप्ती सोनारी गाउपालिका ,बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकामा यो परियोजना सन्चालन भएको छ । वन र कृषिमा आधारित उद्यमहरुग यस परियोजनाले काम गर्दै आएको छ ।

Nabintech