काठमाण्डाै : आउँदो आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रकाे विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा सरकारले गाँजाखेतीका लागि कानुन बनाउने उल्लेख गरेको छ ।
यस्तै सरकारले आउँदो आर्थिक वर्षमा चार वटा हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा मुस्ताङ, म्याग्दी, गोरखा र धादिङको हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
यसैगरी सरकारले कृषिमा २०८१ देखि २०९१ सालसम्म कृषिमा लगानी दशक घोषणा गरेको छ ।