१२ श्रावण २०८१, शनिबार
गर्मीले जनजीवन कष्टकर, अझै ३ दिनसम्म तातो हावाको लहर

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०८१, बुधबार १२:०९

कोहलपुर : बाँकेको कोहलपुर सहित तराई क्षेत्रमा अत्याधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । अझै आगामी ३ दिनसम्म तातो हावाको लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अत्याधिक गर्मी हुने हुँदा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि ३ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना बढि रहेको जनाएको हो ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ

Nabintech