१२ श्रावण २०८१, शनिबार
नेपालमा पानी पर्न अझै १० दिन लाग्ने

  • टाइम्स संवाददाता

  • १८ जेष्ठ २०८१, शुक्रबार १५:१८

कोहलपुर  : यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ ।

उहाँले भन्नुभयो, “नेपाल भित्रने मनसुन अहिले भारतको केरला आसपास आइपुगेको छ । अबको १० दिनमा नेपाल भित्रन सक्ने सम्भावना छ ।”

गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो ।

गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने बताउनुभयो । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो ।

बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उहाँको भनाइ छ ।

मौसमविद् लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भूभागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Nabintech