११ श्रावण २०८१, शुक्रबार
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा सरोज खनाल नियुक्त, विभिन्न अस्पतालका मेसु फेरिए

  • टाइम्स संवाददाता

  • १९ जेष्ठ २०८१, शनिबार ०८:२८

रूपन्देही – लुम्बिनी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले यही जेठ २१ गते आगामी आर्थिक वर्ष २०८१र ०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

बाणगंगा नगरपालिका–८ कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् । अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा।नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारीविहीन थियो । त्यसैगरी मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त गरेका छन् । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा शुसान्त बैद्दिकलाई नियुक्त गरेका हुन । प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवासमेत गरिएको छ ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा।सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा।ईन्द्र ढकाललाई बनाउने निर्णय भएको छ ।

Nabintech