१२ श्रावण २०८१, शनिबार
अछाम र दैलेख जोड्ने झोलुङ्गे पुल चुँडिएपछि आवतजावत अवरुद्ध

  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०८१, आईतवार ११:५९

अछाम :  अछामको  पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि  आवतजावत अवरुद्ध भएको छ ।

पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प भएको स्थानीय भरत साउदले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको छिट्टै उद्धार गरिने जनाएको छ ।

Nabintech