१२ श्रावण २०८१, शनिबार
कोहलपुर सहित तराई क्षेत्रमा तीन दिन तातो हावा चल्ने

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०८१, मंगलवार १४:२९

कोहलपुर : धनगढीको तापक्रम ४४.०, दिपायलको ४०.७, वीरेन्द्रनगरको ४०.९ र नेपालगञ्जको तापक्रम ४३.६ डिग्री सेल्सियस रहेको थियो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आगामी तीन दिन तातो हावा चल्ने बताएको छ। कोहलपुर सहित तराई क्षेत्रमा तीन दिन तातो हावा चलीरहेको छ यसै बिचमा कोहलपुर क्षेत्रमा बिद्यार्थीहरुको स्वास्थलाई ब्यवस्था गर्दै बिद्यालयहरु सन्चालन भएका छन । अभिभावकहरुको कुनै गुनासा नसुनेको अभिभावकको भनाइ छ ।

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। धनगढीको अधितकतम तापक्रम सोमबार ४४ डिग्री सेल्सियस थियो। नेपालगञ्जको ४३.६, दिपायलको ४०.७ र वीरेन्द्रनगरको ४०.९ डिग्री सेल्सियस थियो।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको महाशाखाले जनाएको छ। नेपाल शिक्षक महासघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाई सग सम्पर्क गर्दा बिहानी कक्षा सन्चालन गर्नु पर्ने प्रतिक्रिया दिएका छन ।

केही निजी बिद्यालयहरुले भने गर्मी जति भएपनि यो अबस्थामा बिद्यालय बन्द गर्नु नसकिने बताएका छन । यता कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आर्चाय सग सम्पर्क गर्दा सरकोकारवाला निकायहरुसग समन्वय गरेर बिद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बारेमा निर्णया गरिने कोहलपुर टाइम्सलाई बताए ।बिभिन्न स्वार्थका  कारण गर्मीको चपेटामा बिद्यार्थी परेका छन । कोहलपुर नगरपालिका भित्रका बिद्यालयहरु केहीले   बिहानी  कक्षा सन्चालन गरेका छन भने केहीले ४० डिग्रीको तापक्रमै बिद्यार्थीहरुलाई पढाउदै आएका छन । कोहलपुर नगरपालिकाले ठोस निर्णय गरेर एकरुपतामा ल्याउनु आबश्यक छ र यस तर्फ जनताका निर्बाचित जनप्रतिनिधीले सोच्नु पर्ने देख्न्छि ।

Nabintech