१६ असार २०८१, शनिबार
कोहलपुरमा खडेरीका कारण धानको ब्याड हुर्काउन समस्या

  • टाइम्स संवाददाता

  • १० असार २०८१, आईतवार ११:२७

कोहलपुर : लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ ।   बाँकेमा आकासे पानीको भरमा ब्यु राखेका कृषकहरुलाई अहिले समस्या हुदै आएको छ दैनिक जसो मोटरबाट पानीतानेर धानको ब्युमा पानी लगाउनु पर्ने भएको कोहलपुर १२का पहलसि सारुले बताए । त्यसै गरि नेपालगन्ज , राझा , राप्ती   बैजनाथ गाउपालिकाका अधिकास कृषकहरुलाई अहिले ठुलो पनि नपर्दा समस्या भएको छ । लामो खडेरीले पानीका मुहान सुकेसँगै धान लगाउने किसानले खेती गर्न पाएका छैनन् । धानको ब्याड हुर्काउन समेत पानीकै अभावमा समस्या भएको किसानको गुनासो छ  ।

Nabintech