२३ भाद्र २०८१, आईतवार
राप्तिसोनारी गाउँपालिका–२मा चट्याङले दुई महिलाको मृत्यु

  • टाइम्स संवाददाता

  • २७ असार २०८१, बुधबार १०:४४

कोहलपुर  : बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ खस्दा गम्भीर घाइते भएकी तीन महिला मध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते हुनु भएको छ

उहाँको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका तीनै जना महिलालाई प्रहरीले तत्काल उपचारका लागि कोहलपुर पुर्‍याएको थियो ।

Nabintech