२७ पुष २०८१, शनिबार
विश्व हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस र यसबाट कसरी बच्ने ?

  • टाइम्स संवाददाता

  • १३ श्रावण २०८१, आईतवार १०:११

काठमाण्डौ  : आज विश्व हेपाटाइटिसविरुद्धको दिवस : ‘अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ ।

सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्ने डाक्टरले बताएका छन् ।

हेपाइटाइटिस दुई तरिकाको हुन्छ । हेपाटाइटिसको शुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था शुरुको तीन महिनासम्म रहन्छ । यसको ६ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रूप लिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

Nabintech