कोहलपुर : विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् ।
विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् । शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ ।