कोहलपुर : बाँकेको कोहलपुरमा सम्वर्धन परियोजनाको आयोजनामा पालिकास्तरीय परियोजना सल्लाहकार बैठक कोहलपुरमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशको बाँके जिल्लाको राप्ती सोनारी गाउपालिका र कोहलपुर नगरपालिका त्यसै गरि बर्दिया जिल्लाको मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा यो परियोजना लागु भएको छ ।
युरोपियन संघ, अष्ट्रियन डेभलपमेन्ट को –अपरेशन दातृ निकाय रहेका छन भने आड्रा नेपाल, एन्साब नेपाल , बि ग्रुप र फेकोफन साझेदार सस्थाको रुपामा काम गर्दै आएको छन ।
सन २०२३को सेप्टेम्बर देखि लागु भएको यो परियोजनाले बाँकेको कोहलपुर नगरपालिका वडा न२ वडा ७ वडा ८ वडा न १० वडा ११ वडा न १२ र वडा न १३ मा कृषक समुहहरु सग उनीहरुको आयआर्जनमा समेत प्रत्यक्षरुपमा टेवा पुग्ने गरेर काम गरेको परियोजना सल्लाहकार बैठकमा प्रस्तुत गरिएको थियो । कोहलपुर नगरपालिकाका यी वडाका कृषक समुह र सामुदायिक वनका सदस्यहरुको क्षमता बिकास देखि समुहको लेखा ब्यवस्थापन सम्बन्धी तालिम प्रदान गरि उनीहरुलाई दक्ष समेत बनाइएको छ ।
मध्यवर्ती क्षेत्र भित्रका कृषकहरुको बालीनालीलाई बन्यजन्तुले नोक्सानी गर्दै आएकोमा उनीहरुलाई बैकिल्पक खेती तर्फसमेत यो परियोजनाले कृषकहरुलाई सक्रिय बनाएको कृषि तथा उद्यम बिकास परियोजना संयोजक दिक्षा जोसीले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
परियोजना लागु भएको ७ महिनाको अबधीमा जैविक विविधता संरक्षण ,जलवायु परिर्बतन सम्बन्धी समुदायस्तरमा सचेतना , बिद्यायहरुमा इको क्लब , शिक्षक र सन्चारकर्मीहरुलाई वातावरण सम्बन्धी सचेतना तालिमा दिदै समुदायलाई समेत गराउदै आएको छ ।
पलिकास्तरीय बैठकमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आर्चायले समुदायस्तरमा यो परियोजनाले सन्चालन गरेका कामहरु प्रभाबकारी भएको र मध्यवर्ती क्षेत्र भित्रका कृषकहरुलाई बन्य जन्तुको जोखिमाबाट बैकल्पिक खेती तर्फ आकर्षित गर्नेको लागी थप उत्साह प्रदान गर्नको लागी वडा अध्यक्ष हरुसग पनि समन्वय गर्दै अगाडी बढनु पर्ने बताउनु भएको थियो । परियोजनाले सन्चालन गरेका गतिबिीहरुले आयआर्जनमा समेत टेवा पुगेको छ । नेपालमा सम्वर्धन परियोजनाले जैविक विविधताको संरक्षण र जिविकोपार्जनको क्षेत्रमा बर्दिया र बाँके जिल्लामा काम गर्दै आएको छ ।
परियोजना ७० ओटा नागरिक समाज संस्थाहरू, ८ नागरिक समाजका सञ्जालहरू, २ राष्ट्रिय निकुञ्जहरू, १४ उद्यमहरू, १० ओटा विद्यालयहरू र ११ हजार दुई सय प्रत्यक्ष लाभग्राहीहरू बिच काम गर्ने छ । परियोजना २०८० भाद्र देखि सुरु भएको थियो भने २०८४ श्रावण सम्म सञ्चालन हुने छ । कुल बजेट ११ लाख ११ हजार एक सय ११ युरो रहेको यस परियोजनाबाट दुई लाख ६९ हजार तिन सय ७९ जना नागरीकहरु लाभान्वीत हुने अनुमान गरिएको छ ।