८ मंसिर २०८१, शनिबार
रुपन्देहीमा किसान कार्ड लागु गरिँदै

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०८१, मंगलवार ०९:३३

कोहलपुर  : रुपन्देहीका पालिकाले किसान कार्ड लागु गर्ने भएका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा यसअघि शुद्धोधन र सियारी गाउँपालिकाले किसान कार्ड लागु गरिसकेका छन् भने अब बाँकी १४ वटै पालिकाले किसान कार्ड लागु गर्ने प्रतिबद्धता जनाएका छन् ।  रुपन्देहीमा हरेक महिना पालिकाको घुम्ती बैठक आयोजना हुने गरेको छ । यस पटक बुटवलमा हालै भएको घुम्ती बैठकमा पालिकाबिच उक्त सहमति भएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले जानकारी दिनुभयो ।

 

Nabintech