६ मंसिर २०८१, बिहीबार
कोहलपुरमा सार्बजनिक जग्गा बिबाद चुलियो

  • टाइम्स संवाददाता

  • ३० श्रावण २०८१, बुधबार १७:४५

कोहलपुर  : कोहलपुर नगरपालिका भित्रको सार्बजनिक जग्गा नेपाली काङ्ग्रेस र नेकपा एमालेलाइ दिने कुरा सार्बजनिक भएपछी कोहलपुरका अन्य दलहरुले आपत्ती जनाएका छ्न। बुधबार ८ दलले सयुक्तरुपमा प्रेस बिज्ञप्ती जारी गरि बिरोध जनाएका हुन। तेह्रबिघामा रहेको जमिन मध्य ३कठ्ठा जग्गा नेपाली काङ्ग्रेस लाई र प्रेमनगरमा रहेको ३ कठा जग्गा एमालेलाई नगर पालिकाले दिन लागेको कुरा आए पछि नेकपा माओवादी केन्द्र , नेकपा समाजबादी, रास्ट्रीय स्वतन्त्र पार्टी , नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा नेपाल लगाएत ८ (आठ)दलका नेतृत्व बिच बृहत छ्लफल पश्चात् यो बिषयमा आधिकारिक सुचना माग गरि बास्तबिकता भए जनताको साथ लिएर बिकृतिका विरुद्ध ससक्त आन्दोलन छेडने नेकपा समाजबादिका कोहलपुर नगर अध्यक्ष शिव डागिले कोहलपुर टाइम्सलाइ बताए।

 

यसबारे थप जानकारी दिदै नेकपा माओवादी केन्द्रका कोहलपुर नगर अध्यक्ष अबराज खडकाले बास्तबिकता भए भोलि बाटै ससक्त आन्दोलन गर्ने बताए। नागरिक उन्मुक्ती पार्टी बाके सचिब भुम भन्डारिले पार्टी कार्यालय निर्माणका लागि सार्बजनिक जग्गा दिनु गैरकानुनी एव देवानी मुद्दा आकर्षण हुने जिकिर गरे।

Nabintech