२७ पुष २०८१, शनिबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन

  • टाइम्स संवाददाता

  • २ भाद्र २०८१, आईतवार १०:१३

लुम्बिनी :लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन हुनुभएको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलको हिजोको बैठकले मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो

उपनेता आचार्य मुख्यमन्त्री भएसँगै संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिनुभएको थियो । रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो । दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गएको साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ । यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ ।

Nabintech