२६ पुष २०८१, शुक्रबार
नगरपालिकाका गतिबिधी सार्वजनिक गर्न माग गर्दै शान्तिपुर्ण दवाब कार्यक्रम शुरु

  • टाइम्स संवाददाता

  • ४ भाद्र २०८१, मंगलवार १५:५३

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाका बिभिन्न सरोकारका बिषयमा केन्द्रित रहेर कोहलपुरका सचेत युवा तथा नागरिक उन्मुक्ति पाटिका बाँकेका भुम भण्डारीले कोहलपुर नगरपालिकाको गेटमा शान्ति पुर्ण दवाब मुलक कार्यक्रम शुरु गरेका छन । सुशासन , पारदर्शी र जवाफदेहीता भन्ने मुल उदेश्यका साथ यो अभियान शुरु गरिएको हो ।

 


कोहलपुर नगरपालिकाकाले गठन गरेको गरेको बिज्ञ समितीले बुझाएको प्रतिबेदन आर्थिक बर्ष २०७९ र २०८० र आर्थिक बर्ष २०८० र २०८१ का आय ब्यय र बेरुजु विवरण सार्बजनिक हुनु पर्ने स्थायी अस्थायी शिक्षक तथा कर्मचारीको विवरण समेत सार्बजनिक गर्नु पर्ने लगाय ६ वटा मागहरु राखि शन्तिी पुर्ण आन्लोलन शुरु गरिएको छ ।

Nabintech