खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेले आफ्नो २२ औँ स्थापना मनाएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता खानेपाली तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा साताव्यापी कार्यक्रमको आयोजना गरि आज समापन गरिएको छ । खानेपानी तथा सरसफाई सबैका लागि सधैका लागि भन्ने मुलनाराका साथ सुरु गरिएको अभियानलाई सरसफाई, बृक्षारोपण जस्ता कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको हो ।
आज एक कार्यक्रमको आयोजना गरि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भद्रप्रसाद देवकोटाले खानेपानीको समस्या देशैभर भएको हुदा यसको समस्या समाधान गर्नकालागि स्थानीय,प्रदेश र केन्द्रिय सरकाहरु गम्भिर भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । यस्तो खानेपानीका आयोजनाहरु सम्पन्न गर्नकालागि करोड रकम लाग्ने ठाउँमा सरकाहरुले लाखमा बजेट बिनियोजन गर्दा काम गर्न सम्पन्न भएको बताउनु भएको थियो । पछिल्लो समय सरकारका निकाय र जनताहरु सजग भएको हुदा सबै पक्षहरु सकारात्मक भएता पनि ब्याबहारिक रुपमा काम गर्न बाकी रहेको बताउनु भयो ।
यस्तै नौवस्ता खानेपाली तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजकुमा ढकालले भने बैजनाथ गाउँपालिकामा २५ सय घरधुरीहरु रहेको भएता पनि तत्काल ६ सय घरधुरीलाई मात्र खानेपानी बितरण गर्न सकिएको बताएका थिए । हाम्रो खानपानी खुवाउनकालागि पानी ट्यांकीको क्षमता एकलाख पचाँस हजारको भएको हुदा पानी खुवाउन समस्या भएको हुदा तत्काल यसको क्षमता अभिबृद्धि गराई दुईलाख पचाँसहजार बनाएको खण्डमा सबैलाई पानी खुवाउने खबस्था हुने थियो ढकालले भने । यस्तै नौवस्था खानेपानी ले आजैदेखि सदस्यता कार्ड पनि वितरण गरेको ढकालले जानकारी दिए ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला खानेपानी कार्यलयका प्रमुख प्रकाशजंग शाहले शुद्ध खानेपानी खानपाउनु सबैको अधिकारको विषय भएको हुदा सबै सरोकारवाला निकायहरु सकारात्मक भएर लाग्नु पर्नेमा उहाँले जोड गर्नु भएको थियो । यस्तै कार्यक्रमका प्रमुख अतिथी बैजनाथ गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रेमबहादर शाहीले स्थानीय सरकार जनतालाई शुद्ध पानी खुवाउन लागिपरेको हुदा खानेपानीका अधुरा योजना सम्पन्न गर्नमास्थानीय सरकार सकारात्मक भएको र पानी खाने घरधुरी विस्तारका लागि पनि पालिकाको पहल रहने कुरामा आफुहरु सकारात्मक भएको बताउनु भयो । कार्यक्रममा बिशेष अतिथी प्रेमप्रसाद सुवेदी, यमबहादुर रावत, मेनुका आचार्य दिपकबहादुर शाही, मानबहादुर थापा लगाएतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन इन्द्रबहादुर थकालीले गरेका थिए ।