२६ पुष २०८१, शुक्रबार
गनापुरमा यात्रुवाहक बस पल्टिँदा दुई जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०८१, बिहीबार १४:१९

कोहलपुर :  बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङकाे तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् ।घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ ।

Nabintech