कोहलपुर : १७ औ रास्ट्रिय पुस्तकालय दिवसको अवसरमा लागू पदार्थ दुर्ब्यसनी विरुद्ध बृहत -याली कोहलपुरमा सम्पन्न भएको छ। सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेश को आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री वाद शाह कुर्मीले पुस्तकालय को बिकास र दुर्ब्यसनी रोक्न विशेष कार्यक्रम ल्याइने बताए। सो कार्यक्रममा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यमहेन्द्र पुस्तकालय नेपालगन्ज का अध्यक्ष बलराम यादब एव साहारा सुधार केन्द्रका अभि कुमार क्षेत्री लगायतले शुभकामना मनतब्य राखेका थिए। कार्यक्रमको अध्यक्षता नेपाल पुस्तकालय संघ लुम्बिनीका अध्यक्ष चेतकान्त भट्टराईले गरेका थिए। -यालिमा विद्यार्थी , स्थानीय समाजसेवी र सुरक्षाकर्मिहरुको सहभागीता रहेको थियो। त्यसै गरि ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरमा रक्तदान जारी रहेको छ।