२ आश्विन २०८१, बुधबार
देउखुरीमा १ बर्ष भित्र १० वटा भवन सम्पन्न

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०८१, शनिबार १९:३३

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समाराेह लुम्बिनी प्रदेशकाे लागि खुसीकाे क्षण भएको बताउनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश बासिका लागि गाैरवपूर्ण क्षण भएकाले खुसि वाड्नु भएको हाे । प्रादेशिक अस्पताल निर्माणकाे प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उहाँले प्रदेशका नागरिककाे गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेकाे बताउनु भयाे ।` विधिवत रुपमा अस्पताल बनाउन सुरु गरेका छाैं । यहाँ प्राप्त सुझावलाई प्रदेश सरकारले आत्मसात गर्छ । याे आयाेजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० कराेडकाे बजेट राखेका छाैं´उहाँले भन्नुभयाे-`प्रदेश सरकारले २४ अर्ब पुजिगत बजेटमा अस्पताल बाहेक ५ अर्ब ६५ कराेड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियाेजन गरेकाे छ । अव बजेटकाे सहि कार्यान्वयन आवश्यकता छ । बजेटकाे सहि कार्यान्वयन गर्न नागरिकतहकाे खबरदारी जरुरी छ । जनताकाे निगरानी आवश्यक छ ´

प्रदेश सरकारले रुपन्देही र बुटवल नगरिलाइ उच्च प्राथमिकतामा राखेर आर्थिक हव बनाउनेगरी महत्त्वपूर्ण याेजना अघि बढाएको स्पष्ट पार्नु भएको छ । लुम्बिनी प्रदेशकाे प्रशासनिक क्षेत्र राप्ती उपत्यका देउखुरीमा १ बर्ष भित्र १० वटा भवन सम्पन्न भएपछि बाँकी कार्यालय स्थानान्तरण गर्ने तर, अहिले हतार नगर्ने पनि स्पष्ट पार्नु भएको छ ।`रुपन्देहीलाई आर्थिक हवकाे रुपमा विकास गर्ने छाैं । तिनाउ करिडाेरमा नदि सभ्यतामा आधारित शहर निर्माण गर्ने छाैं । लुम्बिनी प्रदेशकाे पवित्र भूमिमा बाैद्दिक सर्किट निर्माण गर्नेछौं´उहाँले भन्नुभयाे-´लुम्बिनी प्रादेशिक अस्पतालकाे निर्माण समय अघिनै सम्पन्न हुने छ । हामी विश्वस्त छाैं ।´

संघिय सरकारबाट गत बर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा जाेड दिनुभयाे ।पाँच वटा मध्य चार वटा गाैरवका आयाेजनाकाे काम अघि बढेकाे छ । संघीय सरकारकाे साथ सहयाेग प्रदेश सरकारलाई चाहिएकाे छ´उहाँले भन्नुभयाे- गत बर्षकाे घाटापुर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटापुर्ति भएन भने प्रदेशका गाैरवका आयाेजना अप्ठ्यारोमा पर्ने जाेखिम रहन्छ ।´ प्रदेशमा थालनि भएका गाैरवका याेजनालाइ प्रदेशसरकारले ध्यान दिने भनाइ उहाँकाे छ ।

प्रदेश सरकार सुशासन र जवाफदेहीमा राम्रो अभ्यास थालेकाे जानकारी दिदै उहाँले प्रदेश सरकार नागरिककाे सुझावकाे आधारमा अघि बढेकाे स्पष्ट समेत पार्नु भएको छ । शनिबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पाैडेलले अस्पताल भवनका शिलान्यास गर्नु भएको थियाे ।

Nabintech