३१ भाद्र २०८१, सोमबार
सुशासन पहिलो प्राथमिकता : मुख्यमन्त्री आर्चाय

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८१, मंगलवार १३:५२

बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी गरिएका निर्णय पूर्णरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ ।

नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा मङ्गलबार सहजीकरण गर्दै एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश संरचनाको सन्दर्भमा जनतामा भएको निराशा, कुण्ठा र आक्रोशलाई राम्रो काम गरेर मात्र ठिक ठाउँमा ल्याउन सकिने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘भ्रष्टाचार अन्य सुशासन स्थापना लागि गरिएका सम्पूर्ण निर्णयबाट फिर्ता हुने छैनौ ।’’ उहाँले पाँच लाख रुपियाँभन्दा माथिका योजना अनिवार्य टेण्डरमा लैजाने निर्णय फिर्ताका लागि दबाब आएको भए पनि कार्यान्वयनमा लगिएको बताउनुभयो ।

Nabintech