३१ भाद्र २०८१, सोमबार
कोहलपुरमा तिज बिशेष साँस्कृतिक कार्यक्रम आज देखि शुरु

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८१, मंगलवार १७:३८

कोहलपुर : कोहलपुरमा आज देखि सुरु भएको तिज विशेष सास्कृतिक  कार्यक्रमको उदघाटन कोहलपुर नगर उपप्रमुख संगीता सुबेदिले गरेकी छन।  भाद्र २६ सम्म संचालन हुने कार्यकममा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन।
दियालो परिवार कोहलपुरद्वारा सन्चालित तिज विशेष कार्यक्रमले कला कला सस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने जनाइएको छ।
दियालो परिवारकि अध्यक्ष भावना पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो दिन सन्दिप न्यौपाने, मोडल एवं कलाकार सृष्टि पौडेल , चन्द्र घायल , अक्षय चौधरी लगायत कलाकारहरुको प्रस्तुती रहने छ।
उदघाटन कार्यक्रममा उर्मिला पाण्डे, कोहलपुर नगर पालिका वडा न ८ का अध्यक्ष लाल बहादुर राना, अन्जना पाण्डे, वडा न १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , हेम बिक्रम जिसि लगाएतले बोलेका थिए।

Nabintech