३१ भाद्र २०८१, सोमबार
सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सहभागिता जनाउने

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०८१, शनिबार ०९:३३

कोहलपुर  : सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सहभागिता जनाउने भएका छ्न। सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै लामा सयुक्त रास्ट्र संघको महासभामा सहभागिता जनाउने भएका हुन । महासभा आगामी २०२४ सेप्टेम्बर १० देखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुँदै छ । अध्यक्ष लामाले सयुक्त रास्ट्र संघ मुख्यालय न्यूयोर्कमा सेप्टेम्बर २० र २१ मा हुने महासभामा दक्षिण एशियाली पत्रकारहरुको अवस्था, भोगाई, मानवाअधिकार र शान्ति स्थापनामा पत्रकारहरुले खेलेको भूमिकाको बारेमा आफ्नो धारणा राख्ने छन्। उनले सो समयमा हुने ‘साईडलाईन बैठकमा समुहगत छलफलमा सार्क मूलुकमा पत्रकारले शान्ति स्थापना, लोकतन्त्रको रक्षा र मानवअधिकारको संरक्षणका लागि सार्क जर्नाष्टि फोरमले खेलेको भूमिकाका बारेमा जानकारी गराउने बताए । सो महासभाको बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनिओ गुटरेशले सम्बोधन गर्ने छन्

Nabintech