३ आश्विन २०८१, बिहीबार
सहकारी रकम दुरुपयोग छानविन समितिले प्रतिबेदन आज संसदमा पेश गर्दै

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०८१, सोमबार ०८:०७

काठमाडौं  : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ

सोमबार प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेस हुने भएको हो । समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ ।  कम्पनीका अध्यक्ष गितेन्द्रबाबु जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो । समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरी ६३ वटा बैठक गरेको थियो ।

Nabintech