३ आश्विन २०८१, बिहीबार
राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिवशक्तिका विविध कार्यक्रम

  • टाइम्स संवाददाता

  • २ आश्विन २०८१, बुधबार १४:४३

कोहलपुर  : राष्ट्रिय शिक्षा दिवसको अवसरमा बाँकेको कोहलपुर नगरपालिका वडा न२ मा रहेको शिव शक्ति आधारभुत बिद्यालयले ज्ञान बिज्ञान,सीप उद्यम मौलिकता र साझेदारी प्रणालीगत सक्षमता भन्ने मुल उदेश्यका साथ बिद्यालयमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयले शैक्षिक सम्भावना हामो्र कोहलपुर भन्ने बिषयमा कक्षा ६ देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुको सहभागीतामा वक्तृत्वकला प्रतियोगीत सम्पन्न गरेको छ भने त्यसै गरि कक्षा ४ देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुको सहभागीतामा हामो्र सस्कृति पर्व दशै भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतियोगीतामा सबै बिद्यार्थीहरुको सहभागीता होस भन्ने उदेश्यका साथ कक्षा १ देखि कक्षा ३ सम्मका बिद्यार्थीहरुको सहभागीतामा नेपाली श्रृती लेखन प्रतियोगिता सम्पन्न भएको बिद्यालयका प्रध्यानध्यापक बद्रीनाथ सापकोटाले कोहलपुर टाइम्स्लाई बताउनु भयो ।
नेपाली श्रृतीलेखन प्रतियोगितामा प्रेरणा रोकाय प्रथम दुर्गेश बुढा द्धितिय ,अनुशा वली तृतिय र मिलन बिक सान्तवना भएका थिए ।
वक्तृत्वकला प्रतियोगितमा कक्षा ८ की स्मारिका पौडेल प्रथम कक्षा ७ का आलोक शाही द्धितिय कक्षा ८ का राहुल भट्टराई तृतिय भएका थिए ।
शिवशक्ति आधारभुत बिद्यालयले बिद्यार्थीहरुलाई बिभिन्न रचचातमक क्रियापकलामा सहभागी गराउदै आएको छ । कोहलपुर क्षेत्रको आधारभुत बिद्यालयहरु मध्यको शैक्षिण गुणस्तरमा अब्वल बिद्यालय पनि हो ।

Nabintech