कोहलपुर: पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रुपन्देहीको तिलोतमामा ५७ दशमलव ६ , पाल्पा अर्चलेमा ४९, मकवानपुरको मकवानपुरगढीमा ४१ दशमलव ६ २ मिलिमिटर वर्षा मापन भएको छ ।
आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने महाशाखाले जनाएको छ । सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ । ती क्षेत्रका २७ जिल्लामा भोलिदेखि धेरै वर्षा हुन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखिएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका छन् । यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।
कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिममा छन् ।