१३ आश्विन २०८१, आईतवार
एमाले द्वारा कोहलपुरमा बृहत रक्तदान

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०८१, शनिबार १६:२८

कोहलपुर  : नेकपा एमाले क्षेत्र न १ समन्वय कमिटिको आयोजनामा आज कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
एमाले नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले साम्सद सुर्य ढकाल सहित १ सय ५३ जना रक्तदाताहरुले रक्तदान गरेको एमाले जिल्ला कमिटी सदस्य सुर्य रोकायले बताए।


रक्तदान कार्यक्रममा एमाले केन्द्रिय सदस्य एव जिल्ला इन्चार्ज शान्ती ढकाल , एमाले नेता एव संविधान सभा सदस्य देभराज भार,जिल्ला सचिब बलराम भट्टराई लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रम एमाले क्षेत्रीय कमिटी संयोजक कुस्माखर बस्यालको अध्यक्षतामा भएको थियो। रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो।

Nabintech