२८ पुष २०८१, आईतवार
राजमार्ग बन्द भएको मौका छोप्दै एअरलाइन्सहरु चर्को भाडा लिदै

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०८१, आईतवार १४:५९

कोहलपुर  :  देशका धेरैजसो राजमार्ग बन्द भएको मौका छोपेर एअरलाइन्सहरूले भाडा महँगो बनाएका छन् । अहिले सबैजसो एअरलाइन्सले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् ।

गएको बिहीवारसम्म काठमाण्डौ–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार रुपैयाँसम्म पुगेको छ । यस्तै काठमाण्डौ–भैरहवाको भाडा आठ हजार पाँच सय रुपैयाँसम्म पुगेको छ । काठमाण्डौ–धनगढीको हवाई भाडा १६ हजार रुपैयाँसम्म पुगेको छ ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् । अहिले हवाई टिकट नै पाउन गाह्रो भएको र अर्कोतिर महँगो भाडा तिर्नुपरेको यात्रुको गुनासो छ । नेपालगन्ज काठमान्डौको भाडा दर समेत महगो भएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ । एअरलाइन्सहरुले बिपतको बेलामा सहयोग गर्नुको सटटा चर्को भाडा लिएका छन । यसको चौतर्फी बिरोध भएको छ

Nabintech