नवलपरासी : नवलपरासी बर्दघाट–४ दाउन्ने जङ्गलमा रहेको खुर्सानीखोलामा पर्ने पूर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ ।
राजमार्ग मर्मतपछि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
हिजो बेलुका बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडी चलाउन रोक लगाइएको थियो ।