७ पुष २०८१, आईतवार
सडक यातायात क्रमशः सहजतातर्फ

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०८१, मंगलवार १३:२८

काठमाडौ‌  :  केही दिन अघिको अविरल वर्षा पछि आएको बाढी पहिरो बाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थाले सँगै सडक यात्रामा केही हद सम्म सहजताको स्थिति बनेको छ ।

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भए सँगै  त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारा सम्म तथा बिपी राजमार्ग तर्फ भकुण्डेबेँसी सम्म सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

नुवाकोट तर्फ जाने नाका खुले पनि त्यहाँ बाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढी पहिरो बाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्‍याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।

Nabintech