१९ आश्विन २०८१, शनिबार
पूर्णिमा साहित्य प्रतिष्ठानको शुभकामना तथा रचना वाचन सम्पन्न

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०८१, बिहीबार २२:१५

आज घटस्थापनाका दिन हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालयको हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, विशिष्ट अतिथि वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल लगायतका सहभागीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।
सहभागीहरुले कार्यक्रममा उपस्थिति जनाई महत्वपूर्ण विचार सहितका आ आफ्ना धारणा राख्नु भएको थियो।
भाषा, कला तथा साहित्य प्रतिष्ठानका अध्यक्ष ईश्वरीप्रसाद रिजाल, ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई, साहित्यकार सागर गैरे, सन्तोषी विस्ट, पत्रकार विष्णु बेलबासे, भरत पनेरू, खोपीराम वली, भीम प्रज्वल, बद्री ढकाल, सनत सापकोटा, प्रकाश मरासिनी, मणि गैरे, चन्द्रावती अधिकारी, शेखर दहित, ढकबहादुर थारू, शिवध्वज शाहीको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रतिस्ठानका अध्यक्ष पुस्करनाथ रिजाल र कार्यक्रमको सहजीकरणका सचिव केशव निमेषले गरेका थिय।

Nabintech