आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन आगामी कार्तिक ३ गते हुदैछ। अहिले दुई समुहहरु प्यानल बनाएर मतदाता भेटघाटमा व्यस्त छन। दुबै समुहले आआफ्नो प्यानल विजयी हुने दावी गर्दै आएका छन। लकडाउनपछि व्यवसायीहरु समस्यामा परेको बेला वाणिज्य संघले भने व्यवसायीलाई खासै वास्ता नगरेको गुनासो कोहलपुरका व्यवसायीहरुको रहेको छ । यस्तै कोहलपुरमा रहेको उद्योग बाणिज्य संघले घरभाडाका लागि पनि कुनै पहलकदमी नगरेको पाइएको छ । जसका कारण सक्दै गएको व्यापारका कारण व्यवसायीहरु पनि सटर खाली गर्दै जाने अवस्थाको सिर्जना भएको छ । कोहलपुरका व्यवसायीहरु भन्छन,ू यसपटक नयाँ नेतृत्वलाई जिताउने हो। पटक पटक जिम्मेवारी पदमा बसेर पनि प्रभावकारी काम गर्न नसक्ने उमेदवारलाई नेतृत्वमा ल्याउदा झन ठुलो समस्या पर्नसक्ने र उनीहरुले समग्र व्यवसायीहरुके भन्दा पनि आफु अनुकुल काम गर्ने परिपाटी भएको व्यवसायीको बुझाई छ। कोहलपुर १० का व्यवसायी कमला पाण्डे भन्छिन,ू यसपटक नयाँ नेतृत्व लाई जिताएर हेर्ने हो। व्यापार मेला लगाउने मात्रै उद्योग बाणिज्य संघको काम नभई व्यवसायीको पक्षमा इमानदारीता पुर्वक लाग्ने उमेदवार छनोट गर्नुपर्नेमा धेरै मतदाता सहमत देखिन्छन् । नयाँ नेतृत्व र महिला नेतृत्व संघको अध्यक्ष पदको लागि उपयुक्त रहेको व्यवसायीहरु बताउछन ।
प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप(महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह(कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन्।
सदस्यहरूको सूचीमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के।सी।, प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन्।