२४ आश्विन २०८१, बिहीबार
लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रभाव र चुनौती

कोहलपुर उद्योग बाणिज्य संघको चुनावः


  • टाइम्स संवाददाता

  • २२ आश्विन २०८१, मंगलवार १८:१४

कोहलपुर /  कोहलपुर उद्योग बाणिज्य संघको चुनावको माहोल अहिले निकै तातिएको छ । एक हाजार ६ सय ७९ भोटर उपस्थित रहन भएका छन्, । स्थानीय व्यवसायीहरूमा निर्वाचनको प्रति चासो र सहभागिता बढ्दै गएको छ । यस पटकको चुनावमा विशेषगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहको सक्रिय प्रचारप्रसारले निकै चर्चा बटुलेको छ ।
लोकतान्त्रिक समावेशी व्यवसायी समूहले स्थानीय व्यवसायीहरूको हकहित र समावेशीकरणको उद्देश्यका साथ आफ्नो अभियानलाई अघि बढाइरहेको छ । सबै वर्गका व्यवसायीहरूको आवाजलाई सुनुवाइ गर्ने, समान अवसरको सुनिश्चितता गर्ने, र समृद्धि र विकासका लागि समुन्नत नीतिहरूको आवश्यकता रहेको छ । समूहले व्यवसायीहरूको विविधता र सामर्थ्यलाई पहिचान गर्दै नयाँ सोच र दृष्टिकोण ल्याउने लोकतान्त्रिक समावेशी व्यवसायी समूहको दावी रहेको छ ।
लोकतान्त्रिक समावेशी व्यवसायी समूहले जनतासँग प्रत्यक्ष रुपमा मुद्दाहरू उठाउन विभिन्न कार्यक्रम र कार्यशालाहरू आयोजना गरेको छ । यसले स्थानीय उद्योग र व्यापारका विभिन्न वर्गका व्यवसायीहरुलाई समेट्ने, उनीहरूको अनुभव र चासोको आदानप्रदान गर्ने, र विकासका लागि सहकार्य गर्ने अवसर प्रदान गरेको छ । यस समूहका उम्मेदवारीहरुले उद्योग र बाणिज्यको क्षेत्रमा चलिरहेका समस्याहरूको पहिचान गर्दै समाधानका लागि योजनाहरू प्रस्तुत गरेका छन् ।
समूहको सक्रियता र प्रचारले व्यवसायीहरूको बीचमा जागरूकता र एकता सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । चुनावी प्रचारको क्रममा, समूहले स्थानीय उद्योगका विभिन्न चुनौतीहरू र अवसरहरूको बारेमा गहन छलफल र व्यवसायीहरूलाई आफ्नो मुद्दाहरू उठाउन र सामूहिक रूपमा आवाज उठाउन प्रोत्साहित गरिरहेको छ ।
कोहलपुरको अर्थतन्त्र र उद्योगका लागि यो चुनाव महत्वपूर्ण छ । सही नेतृत्व चयन गर्दा, स्थानीय व्यवसायीहरूले आफ्नो व्यवसायिक गतिविधिहरूलाई सुदृढ पार्न र विकास गर्न नयाँ दिशा प्राप्त गर्नेछन् । यस चुनावले राजनीतिक प्रतिस्पर्धा मात्र होइन, आर्थिक समृद्धि र सामाजिक सशक्तीकरणको यात्रामा पनि ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।  हालको निर्वाचन प्रक्रिया व्यवसायीहरूको लागि केवल एक अवसर होइन, यसले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरूलाई पनि उजागर गर्दछ । स्थानीय उद्योगहरूको प्रतिस्पर्धात्मकता, बजारको स्थिरता र आर्थिक नीतिहरूका विषयमा गहिरो अध्ययन र बहस आवश्यक छ । यसले व्यवसायीहरूको दिगो विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
यसैगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् ।

Nabintech